
२० असार, काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टीनिकट महिला शक्ति महासंघले मनु हुमागाईलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।
महासंघको शुक्रबार बिहान बसेको सचिवालय बैठकले हुमागाईलाई कारवाहीको निर्णय गरेको हो ।
महासंघकी इञ्चार्ज हिसिला यमीको उपस्थितिमा शुक्रबार बिहान बसेको बैठकले हुमागाईले पार्टी संगठनलाई नोक्सान पुर्याउने गतिविधि गरेको निष्कर्ष निकाल्दै अनुशासनको कारवाही गरेको महासंघले जनाएको छ ।
संघीय समाजवादी पार्टीसँग नयाँ शक्तिको एकतापछि रुष्ट हुमागाई नेकपा प्रवेशको तयारीमा छन् । उनीसँगै नयाँ शक्तिका कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेता पनि नेकपा छिर्ने तरखरमा छन् ।
हुमागाईलाई कारवाही गरेसँगै रिक्त महिला शक्ति महासंघको संयोजकको जिम्मेवारी भगवती सुवेदीलाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4