+
+
Shares

तत्काल मन्त्रीमण्डल हेरफेर हुँदैन : श्रेष्ठ

विकास मरहट्टा विकास मरहट्टा
२०७६ असार २० गते १७:१३

२० असार, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवत्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल हेरफेरबारे पार्टीमा कुनै छलफल नभएको बताएका छन् । केही समयदेखि मन्त्रीमण्डल हेरफेरको चर्चा चलिरहेका बेला श्रेष्ठले तत्काल मन्त्रीमण्डल हेरफेर नहुने प्रष्ट पारे ।

‘प्रधानमन्त्री ज्यू ले हेरफेर गर्ने केही तयारी गर्नुभएको भए हामीलाई थाहा भएन, हामीलाई भन्नुभएको पनि छैन,’ शुक्रबार जिल्ला सदरमुकाम आएका नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘यसबारे पार्टीमा कुनै छलफल भएको छैन ।’

मन्त्रिमण्डल हेरफेर हुँदैन भनेर सैद्धान्तिक रुपमा निष्कर्ष निकाल्न नमिल्ने तर, तत्काल हेरफेरको तयारी नरहेको उनले बताए ।

श्रेष्ठले पार्टी एकतालाई अन्तिम रुप दिन दुई अध्यक्षले गृहकार्य गरिरहेको बताए । ‘राजनितिक प्रतिवेदन प्रकाशित गर्ने र सांगठनिक एकीकरणका बाँकी काम पुरा गर्ने काम दुई अध्यक्षले गरिरहनुभएको छ । उहाँहरुले सक्नुभएन भने सचिवालय बैठकमा ल्याएर छलफल गरी स्थायी समितिको बैठकमा लान्छौ,’ उनले भने ।

उनले पार्टी एकतामा अवरोध गर्ने कार्य स्वीकार्य नभएको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?