२० असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) अनलाइन शेयर कारोबारका लागि एनसीएचएलसँग आबद्ध भएको छ ।
नेप्सेले आफ्नो ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ई–पेमेन्ट प्रणालीहरु, एनसीएचएल आईपीएस तथा कनेक्ट आईपीएस ई–पेमेन्ट सिस्टम पूर्ण रुपमा ईन्टिग्रेट गरेको छ ।
लगानीकर्ताहरुले अब ब्रोकरहरुलाई कारोबारका लागि धितो राख्न वा भुक्तानी रकम ट्रान्स्फर गर्न सक्नेछन् । साथै ब्रोकरहरुले पनि बिक्री प्रकृया वा धितो फिर्ताका लागि भुक्तानी लिन सक्नेछन् ।
लगानीकर्तालाई टिएमएस लगइन्न (सम्बन्धित ब्रोकरले प्रदान गरेको) तथा कनेक्ट आईपीएस कम्तिमा एउटा बैंक खातासँग लिङ्क भएको आईडी आवश्यक पर्दछ । लगानीकर्ताले टिएमएस खातामा धितोका लागि उपलब्ध कनेक्ट आईपीएस भुक्तानी मार्फत फण्ड लोड गर्न साथै शेयर खरिद पश्चात उनीहरुले ब्रोकरलाई टिएमएसमा उपलब्ध त्यही च्यानल मार्फत प्रत्यक्ष भुक्तानी दिन सक्नेछन् ।
भुक्तानीका लागि कनेक्ट आईपीएस चयन गरेपछि लगानीकर्ताहरु कनेक्ट आईपीएस लग ईन पेजमा रिडाइरेक्ट हुनेछन् र आफ्नो आईडी प्रयोग गरि धितो वा ब्रोकरको भुक्तानीका लागि सिधै इच्छा अनुसारको लिङ्क गरिएको बैंक खातावाट फण्ड लोड गर्न सक्नेछन् ।
त्यस्तै लगानीकर्ताले टिएमएसबाट धितो फिर्ताका लागि गरिएको अनुरोध तथा ब्रोकरले शेयर बिक्री पश्चात गर्नु पर्ने भुक्तानी लिङ्क गरिएको लगानीकर्ताको बैंक खातामा कनेक्ट आईपीएस र एनसीएचएल आईपीएस प्रणाली मार्फत सिधैं भुक्तानी गर्न सक्नेछन् ।
नेप्सेले अनलाइन कोरोबार भुक्तानीलाई स्वचालित बनाउन दुवै प्रणालीहरु इन्टिग्रेट भए पश्चात ई–पेमेन्टले पूँजी बजारमा थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ । एनसीएचएलले यस अघि लाभांस भुक्तानी, रिफण्ड, डिम्याट तथा मेरो शेयर शुल्क भुक्तानी तथा ट्रेड भुक्तानी जस्ता कोरोबारहरु गर्दै आएको थियो ।
प्रतिक्रिया 4