Comments Add Comment

भारतले ल्यायो ४ सय ४४ खर्बको बजेट

२० असार, काठमाडौं । भारतीय अर्थमन्त्री सीतारमणले भारतको अर्थतन्त्रलाई सन् २०२५ भित्र ५० खर्ब डलर बराबरको पुर्याउने घोषणासहित शुक्रबार बजेट सार्वजनिक गरेकी छिन् ।

मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट २७,८६,३४९ करोड भारु. अर्थात करीव ४ सय ४४ खर्ब नेपाली रुपैयाँ बराबरको छ । बजेटमा सामाजिक पूर्वाधार विकासदेखि अन्तरिक्ष यात्रासम्मका कार्यक्रमहरूलाई समेटिएको छ ।

बजेटले आगामी तीन वर्ष भित्रमा सबै नागरिकलाई सफा पानी र बिजुलीको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको छ । बजेटले विद्युतिय बसमा भारी छुट, अधिक मात्रामा रोजगारी सृजना, तीन सय किलोमिटरको नयाँ रेल मार्ग बनाईने लगायतका योजना अघि सारेको छ ।

सन् २०२० सम्म हल्दिया बन्दरगाह परियोजना सम्पन्न गर्ने बजेटमा भनिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ बजेटले विकासको गति बढ्ने र मध्यमवर्गीय भारतीयको प्रगति हुने दाबी गरेका छन् । पूर्वाधारमा आधुनिकिकरण बढ्ने र शिक्षाको विकास हुँदै अन्तरिक्ष अध्ययनमा सफल बजेटमा उल्लेख छ ।

भारतीय बजेट कृषि, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ र वैदेशिक लगानी भित्राउने सन्दर्भमा उदार देखिएको छ । बीमामा शतप्रतिशत विदेशी लगानी खुला गरिएको छ भने ५ वर्षमा १ लाख २५ हजार किलोमिटर सडक निर्माणको योजना सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कृषि सिंचाई योजना, प्रधानमन्त्री आवास योजना, स्वच्छ भारत मिसन, स्मार्ट सीटी मिसन, राष्ट्रिय शिक्षा सिमन, किसानको ऋणमा अनुदानजस्ता अनेक लोकप्रिय कार्यक्रमलाई बजेटले समेटेको छ । यूरियामा अनुदान, पोषक तत्वमा अनुदानजस्ता अनुदानमार्फत ग्रामिण भेग र कृषकलाई आकर्षित गर्ने कार्यक्रम बजेटमा राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment