Comments Add Comment

विश्वकप क्रिकेटकाे अन्तिम खेलमा दक्षिण अफ्रिकाको जित

२२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पराजित गरेको छ ।

लिग चरणकै अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १० रनले हराएको हो । ३२६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेटको क्षतिमा अष्ट्रेलियाले ३१५ रन मात्रै बनाउन सक्यो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतक बनाए पनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र दुई छक्का प्रहार गर्दै १२२ रन बनाएका थिए । अष्ट्रेलियाका लागि एलेक्स क्यारीले ८५ रन बनाए पनि अन्य खेलाडीले उच्च रन बनाउन नसक्दा हार ब्यहोरेको हो । खराब सुरुवात गरेको अष्ट्रेलियाले पहिलो विकेट पाँच रन हुदा गुमाएको थियो ।

बलिङतर्फ कागिसो रबडाले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले शतक बनाए । उनी ९४ बलमा सात चौका र दुई छक्का प्रहार गरेर सय रन बनाएर आउट भए ।

त्यस्तै, रसिइ भान डेर डुसेनले ९५ रन बनाउँदा क्वीन्टन डि ककले ५२ र एइडन मरक्रमले ३४ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment