Comments Add Comment

दक्षिण अफ्रिकासँग हार्‍यो अष्ट्रेलिया, सेमिफाइनलमा इंग्ल्याण्डसँग खेल्ने

२२ असार, काठमाडौं । विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामापथि १० रनको रोमाञ्चक जित हात पारेको छ ।

यो हारसँगै अष्ट्रेलिया दोस्रो भएको छ र सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाएको छ । समूहको शीर्ष स्थानमा रहेको भारतले भने चौथो टोली न्यूजिल्याण्डसँग खेल्नेछ ।

म्यानचेष्टरमा दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले एक बल बाँकी छँदा सबै विकेट गुमाएर ३१५ रन मात्रै बनाउन सक्यो । उसका डेभिड वार्नरले शतक बनाएपनि टोलीलार्य जित दिलाउन सकेनन् । उनले ११७ बलमा १५ चौका र दुई छक्का प्रहार गर्दै १२२ रन बनाएका थिए ।

अष्ट्रेलियाका लागि एलेक्स क्यारीले ८५ रन बनाए । तर अन्य ब्याट्सम्यान चल्न सकेन । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले फापडुप्लेसिसको शतकको मलतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२५ रन बनाएको थियो ।

कप्तान डुप्लेसिसले ९४ बलमा सात चौका र दुई छक्का प्रहार गरेर सय रन बनाए । त्यस्तै, रसिइ भान डेर डुसेनले ९५ रन बनाउँदा क्वीन्टन डि ककले ५२ रन बनाए ।

अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन लियोनले समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment