Comments Add Comment

अभिनेत्रीमाथि जब होटल मालिकले दुर्ब्यवहार गरे

बलिउड अभिनेत्री ईशा गुप्ताको नयाँ फिल्म ‘वन डेः जस्टिस डेलिभर’ गत शुक्रवार प्रदर्शन भयो । फिल्म प्रदर्शन भएको खुशीयाली साटासाट गर्न ईशा आफ्ना साथीहरुसँगै एउटा होटलमा पुगिन् । यद्यपि, होटलमा उनको अनुभव सुखद रहेन, खुशीयाली मनाउँन नपाउँदै त्यहाँ नरमाइलो वातावरण छायो ।

ईशाले सामाजिक सञ्जालमा बताए अनुसार होटल मालिकले उनीसँग दुव्र्यवहार गरेका थिए । होटलका मालिक राहित विजको नाम लिदै ईशाले भनेकी छिन्-‘दुई सुरक्षा गार्ड हुँदा-हुँदै पनि मैले आफूले आफैंलाई शोषित तथा असुरक्षित महसुस गरिरहेकी थिएँ ।’

ईशाका अनुसार उनलाई के लागिरहेको थियो भने ती व्यक्तिले उनलाई बलात्कार नै गर्ने सोच बनाएका छन् । उनले ट्वीटरमा लेखेकी छिन्-‘जब मजस्ती महिलाले त असुरक्षित महसुस गरिरहनु पर्‍यो भने थाहा छैन, आम युवतीहरुको अवस्था के होला । रोहितलाई यसको सजाय दिनै पर्छ ।’

ईशाले रोहितको तस्बिर नै पोस्ट गदै लेखेकी छिन्-‘रोहित विजजस्तो व्यक्तिबाटै महिलाहरुले आफूले आफूलाई सधैं असुरक्षित महसुस गर्नु परेको छ । तिमी मलाई असाध्यै नराम्रो नजरले घुरिरहेका थियौ ।’

ईशाका अनुसार ती व्यक्तिले उनलाई लगातार घुरिरहेका थिए । उनको आँखामा एउटी महिलाको लागि हवस थियो । यद्यपि, रोहित उनलाई न त छोए, न त केही नै भने ।

ईशाले आफू पिडित भएको ट्वीटले भने सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ र ती व्यक्तिको खुलेर विरोध हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नार–फूको यात्रा

Advertisment