+
+
Shares

प्रधानमन्त्रीलाई गगनको प्रश्न : घुँडामा कत्रो भ्वाङ पर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २२ गते १५:०९

२२ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।

सरकारले आवश्यक तयारी विना निर्णय गरेपछि काम सही भएकाले महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस्, सरकारलाई साथ दिन जनता तयार थियो भन्दै उनले आइतबार संसदमा भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ ।’

भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको उनले बताए ।

प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्‍यो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?