+

रमेश सिलवाललाई राखेप सदस्य सचिव बनाउने तयारी

२०७६ असार  २२ गते १५:२१ २०७६ असार २२ गते १५:२१
रमेश सिलवाललाई राखेप सदस्य सचिव बनाउने तयारी

२२ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको दौडमा रमेश शिलवाल अगाडि देखिएका छन् । सम्भवत भोलि मन्त्रिपरिषद् बैठकले सिलवाललाई नियुक्ति दिनेछ ।

९ असारमा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल सकिएपछि यो पद रिक्त छ । सदस्य सचिवका लागि सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइराला र शिलवाल पनि दावेदार थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका सिलवाललाई नियुक्ति दिने तयारी भइरहेको खेलकुद मन्त्रालय स्रोतले बताएको छ । सिलवाल चीन भ्रमण छोट्याएर आएका सिलवालले प्रधानमन्त्री ओलीसँग भेटवार्ता समेत गरिसकेका छन् ।

सिलवालले पनि प्रधानमन्त्रीसँग भेट भएको स्वीकार गर्दै भने, ‘मैले आफ्नो कुरा राखेको छ, हेरौ. भोलि के निर्णय हुन्छ ?’

गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष समेत हुन् । तत्कालीन एमालेसम्वद्ध युवा संघको उपाध्यक्ष भइसकेका उनी ओली निकट मानिन्छन् ।

सिलवाललाई यसअघि तदर्थ समितिमार्फत नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वमा स्थापित गर्न खोजिएको ििथयो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय