Comments Add Comment

किन भयो साहिद र सलमानविच तुलना ?

यो वर्ष रिलिज भएका दुई बलिउड चलचित्र ‘भारत’ र ‘कविर सिंह’ले बक्स अफिसमा निकै राम्रो व्यापार गरे । समिक्षात्मक रुपमा पनि चलचित्र राम्रो ठहरिएका थिए । ‘भारत’बाट नायक सलमान खानको निकै तरिफ भयो । चलचित्रमा सलमानले गरेको मिहिनेत र उनले गरेको कामको सबैले प्रशंसा गरेका थिए ।

हाल प्रदर्शनरत चलचित्र ‘कविर सिंह’बाट पनि साहिद कपुरले नसोचेको सफलता पाए । चलचित्रको राम्रो व्यापारसँगै उनको कामको पनि निकै तारिफ भयो । ओरालो लागेको साहिदको करिअर यो चलचित्रले नयाँ उचाइमा पुर्याइदिएको छ । यी दुई चलचित्रबाट नायकको चर्चा भएपछि अहिले एक अर्कालाई तुलना गर्न थालिएको छ ।

सलमान खानको ‘भारत’ले इनिसियल रुपमा आक्रामक व्यापार गरेपनि दोश्रो सातादेखि चलचित्रको व्यापार खस्कियो । सलमान यो चलचित्रबाट ३ सय करोडको व्यापार गर्ने सोचमा थिए । तर, चलचित्रलाई दर्शकले औषत भन्दा उनको चलचित्रले २ सय १० करोडको आसपासमा नै अड्कियो ।

यता, नायक साहिद कपुरको चलचित्रले सलमानको ‘भारत’को व्यापारलाई पछि छाडिसकेको छ । साहिदको चलचित्र यो बर्षकै सर्वाधिक कमाउने चलचित्र बन्छ भन्ने अनुमान हुन थालिसकेको छ ।

सलमानको चलचित्रको भन्दा बढी व्यापार गरेपछि साहिदको स्टारडमको पनि चर्चा भएको छ । अर्कोतिर, बलिउडमा स्टारको स्टारडम भन्दा पनि उसको अभिनय र चलचित्रको कथा चल्न थालेको विश्लेषण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment