 
																			२२ असार, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल ललितपुर बीच छुटसम्वन्धि सम्झौता भएको छ ।
बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेक जंग थापाले हस्ताक्षर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4