Comments Add Comment

प्रस्तावित ४ राजदूतको सुनुवाइ आज, उजुरीमा छलफल नहुने

२३ असार, काठमाडौं । प्रस्तावित चार राजदूतहरुको सुनुवाइ सोमबार हुँदै छ । सुनुवाइका लागि बिहान साढे ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।

समिति सभापति लक्ष्मणलाल कर्णका अनुसार राजदूतहरुविरुद्ध दुईवटा उजुरी परेका छन्, तर उजुरीकर्ता छलफलमा आउन नचाहेकाले समिति बैठकमा उजुरीउपर छलफल हुने छैन । समितिले नाम अनुमोदन गरेपछि नियुक्तिको बाटो खुल्ने छ ।

गत जेठ २३ गते सरकारले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पालाई प्रस्ताव गरेको थियो ।

समितिले प्रस्तावित राजदूतहरुविरुद्ध कुनै उजुरी भए उजुरी दिन असार १४ गतेसम्म समयसीमा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

बोल्ड स्वेता

Advertisment