Comments Add Comment

आर्यनसँग दीपाश्रीको आइटम

भदौ ६ गतेलाई प्रदर्शन मिति तय गरेसँगै चलचित्र ‘हजार जुनी सम्म’को निर्माण यूनिट यसको प्रचारमा लागेको छ । सुरुवातमा यो चलचित्रको प्रदर्शन मिति साउन ३० गतेलाई तोकिएको थियो । तर, यो मितिमा ३ वटा नयाँ हिन्दी चलचित्र रिलिज हुने भएपछि निर्माणपक्ष एकसाता पछि सरेको हो ।

यसैविच, चलचित्रमा समावेश ‘आज नगद भोली उधारो’ बोलको गीतका केही तस्वीर सार्वजनिक भएको छ । जसमा, नायक आर्यन सिग्देलको लुक्स सार्वजनिक गरिएको छ । फुलेको दाह्री र कपालमा नायक आर्यन सिग्देलले आइटम गर्ल दीपाश्री निरौलासँग रोमान्स गरेका छन् ।

चलचित्र निर्देशक दीपाश्रीले यो गीतमा आइटम नृत्य गरेकी छिन् । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको गीतमा प्रल्हाद तिमिल्सिना र मिना निरौलाको स्वर छ ।

गीतको भिडियोमा दीपा र आर्यनका साथमा शिवहरि पौडेल, स्वस्तिमा खड्का, अक्की प्रधान, उत्तम केसी लगायतलाई देख्न सकिनेछ । नायक आर्यन सिग्देल यो चलचित्रमा अधवैशे पुरुषको भूमिकामा छन् । यो चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment