Comments Add Comment

अनावश्यक इमेलहरु आफैं डिलिट हुने, यसरी गर्नुहोस् जिमेलको सेटिङ्ग

काठमाडौं । जिमेल अहिले सबैभन्दा धेरै प्रयोगकर्ता भएको गुगलको इमेल सेवा हो । जिमेलले आफ्ना प्रयोगकर्ताका लागि यस्ता कैयन् फिचरहरु उपलब्ध गराउँदै आएको छ, जसका बारेमा धेरै सामान्य प्रयोगकर्ताहरुलाई थाहै नहुन सक्दछ ।

धेरैजसो सामान्य प्रयोगकर्ताहरु जिमेलको प्रयोग इमेल तथा अट्याचमेन्ट पठाउन वा प्राप्त गर्नका लागि मात्र गर्ने गर्दछन् । प्राविधिक उन्नयन तथा डिजिटल मार्केटिङको अहिलेको युगमा प्रयोगकर्ताको व्यक्तिगत इमेल अकाउन्टमा दिनहुँ अनेक खालका विज्ञापनजन्य इमेलहरु आउने गर्दछन्, जोसँग प्रयोगकर्ताको कुनै मतलब नै हुँदैन । यस्ता इमेलबाट दिक्क लाग्छ हामीलाई ।

त्यस्ता इमेलहरुलाई समयमै डिलिट गरिएन भने इनबक्स नै भरिन्छ । यदि यस्ता अनावश्यक इमेलहरुबाट आफ्नो जिमेलको इनबक्स भरिने समस्याबाट पीडित हुनुहुन्छ र एक-एक गरी त्यस्ता इमेलहरु डिलिट गर्न पनि झण्झट लाग्दछ भने भने पनि चिन्ता नमान्नुस् । किनकी एउटा यस्तो काइदा छ, जसको सहयोगमा तपाईंले आफ्नो जिमेलको इनबक्सका अनावश्यक इमेलहरु आफसेआफ डिलिट हुनेगरी तय गर्न सक्नुहुन्छ ।

अटोम्याटिक रुपमा जिमेलबाट इमेल डिलिट गर्नका लागि तपसिलका उपाय अपनाउनुस्ः

· सबैभन्दा पहिले तपाईंले emailstidio.pro बाट आफ्नो जिमेल अकाउन्टमा Email Studio इन्स्टल गर्नुहोस् ।
· जिमेल अकाउन्टमा गएर इनबक्समा एउटा कुनै इमेल ओपन गर्नुहोस्
· त्यहाँ दायातर्फ रहेको इमेल स्टुडियो आइकनमा क्लिक गर्ने
· आफ्नो जिमेल आइडी तथा पासवर्डबाट लगइन गर्ने
· लगइन पछि सूचीमा दिइएको इमेल क्लिनअप अप्सनमा क्लिक गर्ने
· जिमेलबाट तपाईं जुन काम गर्न चाहनुहुन्छ त्यसका लागि Add New rule मा क्लिक गर्न सक्नुहुन्छ
· त्यहाँ New Rule का रुपमा तपाईंले कुनै खास इमेल आइडीलाई मार्क गर्न सक्नुहुन्छ
· यो प्रक्रियाबाट तपाईंले जिमेलमा यस्तो सेटिङ्ग मिलाउन सक्नुहुन्छ जसका कारण कुनै खास इमेलबाट एक महिना वा हप्ताभित्र आएका सबै इमेल पूर्णरुपमा डिलिट हुन्छन् ।

इमेल स्टुडियोले यसका अलावा अरु पनि केही काम गर्दछ । जसमा मेल मर्ज, इमेल शेड्यूलर, अटो रेस्पोन्डर तथा इमेल फरवार्डर लगायतका सामेल छन् । यदि तपाईं यी सबै सेवाको प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले प्रिमियम भर्सन इन्स्टल गर्नुपर्दछ । जसका लागि वार्षिक रुपमा केही रकम तिर्नु पर्दछ ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment