+

यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

२०७६ असार  २३ गते ११:४८ २०७६ असार २३ गते ११:४८
यू-१९ एसिया कप पूर्वी क्षेत्र छनोट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

२३ असार, काठमाडौं । मलेसियामाथि ७ विकेटको जित हात पार्दै नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा प्रवेश गरेको छ ।

मलेसियाले दिएको ८८ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात भने राम्रो थिएन । ३० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले अविजित ६० रनको साझेदारी गर्दै जित दिलाए । भीम ३३ र रोहित ३१ रनमा अविजित रहे ।

यसअघि किनरारा ओभलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४५.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय