Comments Add Comment

सरकारविरुद्ध नेविसंघको देशैभर प्रदर्शन, प्रधानमन्त्रीलाई विषाक्त तरकारी उपहार दिने

२३ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोहीअनुसार सोमबार देशैभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ ।

भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै भन्दै नेविसंघले विषाक्त तरकारीसहित प्रदर्शन गरेको हो ।

सरकारको निर्णयले आमनागरिकलाई विषाक्त तरकारी खान बाध्य बनाएकोले प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम गरिएको निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टले जानकारी दिए ।

यो पनि पढ्नुहोस जनतालाई विष खुवाउन पाइँदैन भन्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

नेविसंघले सोमबार काठमाडौंको बालाजु-नेपालटासस्थित ग्रामीण र एनआर क्याम्पस अगाडि पनि विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा निवर्तमान केन्द्रीय सदस्य शुशील भट्टसहितका विद्यार्थीहरु विषाक्त तरकारीसहित नाराबाजीमा उत्रिएका थिए ।

आन्दोलनका कार्यक्रम अनुसार २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विषाक्त तरकारी र फलफूल पठाउने कार्यक्रम रहेको निवर्तमान केन्द्रीय सदस्य भट्टले जानकारी दिए ।

यस्तै २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम नेविसंघले तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment