Comments Add Comment

अहिलेका पुस्ताले बुझ्नैपर्ने कुरा 

महाभारतका हरेक पात्रको आफ्नै विशिष्ठ गुण र विशेषता छन् । महाभारतमा उल्लेख हुने प्रुमख पात्रमध्ये एक हुन्, विदुर पनि । विदुरलाई हाम्रा पितापूर्खाले विवेकको संज्ञा दिदै आएका छन् । उनी संयमित, विवेकी, स्पष्ट, न्यायिक र महान व्यक्ति थिए ।

विदुर हस्तिनापुर राज्यको शीर्ष स्तम्भमा एक अत्यान्त नीतिपूर्ण, न्यायोचित सल्लाह दिने व्यक्ति मानिन्छ ।

महाभारत युद्धाअघि हस्तिनापुरका महाराज धृतराष्ट र विदुरबीच संवाद भएको थियो । खासगरी महाभारत युद्धपछिको परिणामप्रति शसंकित महाराज धृतराष्ट र विदुरवीच भएको संवाद नै विदुर-नीति हो ।

विदुर नीति आज हाम्रो मार्गदर्शन र उत्प्रेरणा बन्न सक्छ । धृतराष्टको प्रश्नमा विदुरले दिएका जवाफहरुले हामीले आफैलाई बुझ्न सक्छौं । जीवन र जगतप्रतिको दृष्टिकोण स्पष्ट बनाउन सक्छौं ।

अतः यहाँ विदुर नीतिमा उल्लेख महत्वपूर्ण केही बूँदा पेश गरिएको छ ।

घमण्डी व्यक्ति

हरेक समय आफ्नो तारिफ गर्ने, आफुलाई सबैभन्दा बढी समझदार सम्झने व्यक्ति घमण्डी हुन्छन् । आफुलाई सर्वश्रेष्ठ र अरुलाई  कमजोर सम्झने व्यक्तिको घमण्डले नै उसको आयु घटाइदिन्छ ।

व्यर्थ बोल्ने व्यक्ति

ऋधिक र व्यर्थ बोल्ने व्यक्तिले कुनैबेला यस्तो वचन बोल्न सक्छन्, जसले उनलाई भविष्यमा नकारात्मक परिणाम झेल्नुपर्ने हुन्छ । त्यसैले धेरै बोल्ने व्यक्तिले आफ्नो बोलीलाई संयमित राख्नुपर्छ । किनभने असंयमित बोलीले पनि आयु घटाउँछ ।

क्रोधले आफैलाई नष्ट

क्रोध मान्छेको सबैभन्दा ठूलो सत्रु हो । क्रोधको अवस्थामा मान्छेले यस्तो काम गर्छ जसले उनको हानी गर्छ र दुःखी बनाउँछ ।

सुख र शान्तिका लागि

समाजमा सुख र शान्तिपूर्ण जीवनयापनका लागि मानिसमा त्याग एवं समर्पणको भावना हुन आवश्यक छ । जसको मनमा त्यागको भावना हुँदैन उनीहरुको आयु छोटो हुन्छ ।

धोका महापाप

शास्त्रअनुसार आफ्नो फाइदा एवं स्वार्थका लागि साथी र सम्बन्धमा धोका दिनु महापाप हो । यस्तो गर्ने व्यक्तिलाई कहिल्यै सुख र शान्ति मिल्दैन ।

लोभ र स्वार्थ शत्रु

लोभ र स्वार्थलाई व्यक्तिको सत्रु मानिन्छ । जो व्यक्ति आफ्नो मनमा स्वार्थ र लोभको भावना राख्छन्, उनीहरुको आयु कहिल्यै लामो हुँदैन ।

धनप्रतिको आशक्ति

धनप्रतिको आशक्तिले मान्छेलाई नर्कमा पुर्‍याउँछ । धनको पछि लाग्नु हुँदैन । किनभने धन स्थायी हुँदैन । यो सधै हामीसँग रहँदैन ।

ईष्र्या त्याग्ने व्यक्ति

ईष्र्या त्याग गरेका मान्छेको जीवन स्वस्थ्य हुन्छ । जुन दिन मान्छेले आफैभित्र कमजोरी देख्छ र त्यसलाई सच्याउने प्रयत्न गर्छ, तब उनीहरु सफल बन्छन् ।

तीन दोष

परस्त्रीको स्पर्श, अर्काको धन हरण र मित्र त्याग । यी तीन दोष क्रमस काम, लोभ र क्रोधबाट उत्पन्न हुन्छ ।

क्षमा

क्षमालाई कमजोरी वा दोष मान्नुहुँदैन । निश्चय पनि क्षमा परम बल हो । क्षमा निर्बल मान्छेको गुण हो र बलवान व्यक्तिको भूषण हो ।

शंका र क्रोध

इष्र्या, अर्कालाई घृणा गर्ने, असन्तुष्ट, क्रोध गर्ने, शंकालु र पराश्रति । यी ६ प्रकारका व्यक्ति सधै दुःखी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment