Comments Add Comment

बैंकिङ प्रक्रिया पूरा भइसकेका ईनर्जी ड्रिङ्स ल्याउन दिइने

२३ असार, काठमाडौं । प्रतीतपत्र एवं बैंकिङ प्रक्रिया पूरा भइसकेका इनर्जी ड्रिङ्सलाई नेपालमा आयातका लागि सरकारले अनुमति दिएको छ । गत असार २ गतेकोे निकासी पैठारी संशोधनले इनर्जी ड्रिङ्सको आयातमा प्रतिवन्ध लगाएको थियो ।

उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले निकासी–पैठारी आदेश पुनः संशोधन गरेपछि ती पेय पदार्थ नेपाल भित्रिने भएका हुन् । थप इनर्जी ड्रिङ्स भने ल्याउन पाइने छैन ।

पहिल्यै प्रतीतपत्र एवं बैंकिङ प्रक्रिया पूरा गरेकोमा संशोधनपछि आफ्ना सामानहरु अलपत्र परेको व्यवसायीको गुनासोपछि यस्तो छुट दिइएको वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बतायो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संसोधन प्रस्ताव पारित गरेको थियो । नयाँ संशोधनमा ‘सूचना २ को प्रकरण ११ पछि प्रकरण १२ थप गरी यो सूचना लागू हुनुभन्दा पूर्व प्रतितपत्रलगायतका बैंकिङ प्रक्रिया पूरा गरी निकासी वा पैठारीको प्रक्रियामा रहेका मालवस्तुको हकमा यो सूचना बमोजिम प्रतिबन्ध लागू हुनेछैन’ भनिएको छ ।

प्रतीतपत्र पूरा गरेका तर भन्सारमा पनि आइनसकी बाटैमा रहेकाहरुका लागि यो व्यवस्था गरिएको हो । यस्ता पेय पदार्थ परिणाममा छन् भन्ने चाहिँ यकीन नभएको भन्सार विभागले जनाएको छ । वाणिज्य मन्त्रालयमा कोकाकोला कम्पनीले आफ्नो पेय पदार्थको कच्चापदार्थ रोकिएको गुनासो गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment