+
+
Shares

बैंकिङ प्रक्रिया पूरा भइसकेका ईनर्जी ड्रिङ्स ल्याउन दिइने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २३ गते १४:२६

२३ असार, काठमाडौं । प्रतीतपत्र एवं बैंकिङ प्रक्रिया पूरा भइसकेका इनर्जी ड्रिङ्सलाई नेपालमा आयातका लागि सरकारले अनुमति दिएको छ । गत असार २ गतेकोे निकासी पैठारी संशोधनले इनर्जी ड्रिङ्सको आयातमा प्रतिवन्ध लगाएको थियो ।

उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सरकारले निकासी–पैठारी आदेश पुनः संशोधन गरेपछि ती पेय पदार्थ नेपाल भित्रिने भएका हुन् । थप इनर्जी ड्रिङ्स भने ल्याउन पाइने छैन ।

पहिल्यै प्रतीतपत्र एवं बैंकिङ प्रक्रिया पूरा गरेकोमा संशोधनपछि आफ्ना सामानहरु अलपत्र परेको व्यवसायीको गुनासोपछि यस्तो छुट दिइएको वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बतायो ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संसोधन प्रस्ताव पारित गरेको थियो । नयाँ संशोधनमा ‘सूचना २ को प्रकरण ११ पछि प्रकरण १२ थप गरी यो सूचना लागू हुनुभन्दा पूर्व प्रतितपत्रलगायतका बैंकिङ प्रक्रिया पूरा गरी निकासी वा पैठारीको प्रक्रियामा रहेका मालवस्तुको हकमा यो सूचना बमोजिम प्रतिबन्ध लागू हुनेछैन’ भनिएको छ ।

प्रतीतपत्र पूरा गरेका तर भन्सारमा पनि आइनसकी बाटैमा रहेकाहरुका लागि यो व्यवस्था गरिएको हो । यस्ता पेय पदार्थ परिणाममा छन् भन्ने चाहिँ यकीन नभएको भन्सार विभागले जनाएको छ । वाणिज्य मन्त्रालयमा कोकाकोला कम्पनीले आफ्नो पेय पदार्थको कच्चापदार्थ रोकिएको गुनासो गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?