Comments Add Comment

कलंकको असफलताबारे के भनिन् सोनाक्षीले ?

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा यतिबेला आफ्नो नयाँ फिल्म ‘खानदानी शफारखाना’ को प्रचार-प्रसारमा व्यस्त छिन् ।

हालै आयोजित एउटा कार्यक्रममा सोनाक्षीले आफ्नो पछिल्लो मेगा बजेट भएको फिल्म ‘कलंक’ को असफलताका बारेमा खुलेर कुराकानी गरेकी छिन् ।

कलंकको असफलताको बारेमा सोनाक्षीको भनाइ थियो-‘कुनै पनि फिल्म यदि चलेन भने त्यसको प्रभाव सबैलाई पर्छ ।

कलाकार, निर्माता, निर्देश्ाक, लाइटम्यानदेखि स्पट ब्वाइसम्मलाई नरमाइलो लाग्छ । हामी सबैलाई के अपेक्षा हुन्छ भने हामीले गरेको फिल्म बक्स अफिसमा हिट हुनेछ । आफुले चिताएको परिणाम आएन भने हामी सबैलाई दुःख त लाग्छ, तर त्यो दुःखलाई बिर्सिएर अगाडि त बढ्नै पर्छ ।’

बुवा शत्रुघ्न सिन्हा तथा आमा पूनमको लोकसभा निर्वाचनमा भएको हारका बारेमा पनि सोनाक्षीले आफ्नो धारणा व्यक्त गरेक छिन् । उनको भनाइ छ-‘मलाई लाग्छ सबै जनालाई यसको कारण थाहा थियो र परिणामको अनुमान पनि थाहा थियो ।

तपाईं-हामी सबैजना सुखद तथा दुःखद दुबै परिणामका लागि तयार भएर बस्नु पर्छ । मेरा बुवा-आमा निकै स्ट्रङ हुनुहुन्छ । उहाँहरुलाई यो असफलताले खासै नकारँत्मक प्रभाव पारेको छ जस्तो लाग्दैन । केही दिन त दुःख लाग्यो होला, तर उहाँहरुलाई राम्ररी थाहा छ अब अगाडि कसरी बढ्नु पर्छ भन्ने कुरा ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment