Comments Add Comment

विमला तामाङको मृत्युबारे छानविन गर्न समिति गठनको माग

२४ असार, काठमाण्डौ । बौद्धस्थित समता अस्पतालकी सफाइ कर्मचारी विमला तामाङको शंकास्पद मृत्युबारे छानबिन समिति बनाएर अनुसन्धान गर्न परिवारका सदस्यले माग गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन परिवार र आफन्तले घटनाको यथार्थ पत्ता नलाग्ने र आफूहरुले न्याय नपाउने सम्भावना देखिएको भन्दै छानविन समिति गठनको माग गरेका हुन् । तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।

रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्याभएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।

घटनाको जाहेरी लिन एक हप्ता लगाइएको, २ हप्तापछि मृतकको भीएसआर जाँच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थितिबिना गरिएको समितिको आरोप छ ।

राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको संघर्ष समितिका अध्यक्ष सिंहदेव अध्यक्ष तामाङले बताए । पीडित पक्षले
समता अस्पतालको सञ्चालक समिति माथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment