+
+
Shares

नारायणगढको तरकारी बजारमा भारतीय तरकारीमा कडाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २४ गते १९:१८

२४ असार, चितवन । जिल्लाको नारायणगढस्थित एक तरकारी बजारमा भारतीय तरकारी बिक्रीमा ब्यापारीले कडाइ गरेका छन् ।

क्षेत्रपुरस्थित तरकारीमण्डीमा भारतीय तरकारी ल्याउन नदिने, निरुत्साहित गर्ने नीति लिएको फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले बताए ।

‘अहिले हाम्रो तरकारी बजारमा भारतीय तरकारी छैन, ल्याउनु पनि परेको छैन’, अध्यक्ष धितालले भने, ‘भारतीय तरकारीलाई हामीले निरुत्साहित गरेका छौं, ढुक्कसँग नेपाली उत्पादन यहाँ पाइन्छ ।’

व्यवसायी आफैं मिलेर खोलेको जिल्लाकै सबैभन्दा ठूलो यो तरकारी बजारमा दैनिक १ सय टन तरकारी बिक्री वितरण हुँदै आएको छ । तरकारी बजारमा ८० वटा तरकारीका, ७० वटा फलफूल, ४० खुद्रा र १० वटा किसानका पसल छन् । देशभरका १७ जिल्लाबाट तरकारी संकलन गर्दै आएको यो बजारबाट दैनिक करिब ५० लाख रूपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको छ ।

चितवनकै तरकारीले यहाँको अधिकांश माग धान्ने अध्यक्ष धितालको दावी छ । ‘बर्खायाममा भने जिल्लाकै तरकारीले धान्दैन, मकवानपुरको पालुङ र काठमाडौंको काठ एरियाबाट तरकारी ल्याउँछौं’, अध्यक्ष धितालले भने, ‘दशैंसम्म यो उत्पादनले धान्छ, असोजपछि बैशाख जेठसम्म चितवनकै उत्पादनले धान्छ ।’

नारायणगढको बजारमा आलु, बन्दा, मुला, काउलीलगायतका तरकारी मकवानपुरबाट आइरहेको छ । बर्खाको समयमा पहाडमा हुने उत्पादनले बजार पाउने अध्यक्ष धितालका भनाइ छ । तरकारीमा स्वदेशी उत्पादनले धाने पनि फलफूल भने भारत र चीनबाट आउने गरेको छ । केरा भने चितवनकै उत्पादन मात्रैं यहाँको तरकारी बजारमा बेच्ने गरिएको छ ।

‘नेपालमा फलफूलको उत्पादन अति नै कम छ बाध्य भएर पनि भारत वा चीनबाट ल्याउनुपर्छ’ उनले भने, ‘नेपालमै उत्पादन हुने स्याउलाई यहाँसम्म ल्याउन समस्या हुँदा अर्काको भर पर्नुपरेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?