Comments Add Comment

सलमान- कट्रिनाको विवाहको दृष्य भाइरल भएपछि

सलमान खान र कट्रिना कैफको विवाह भए के होला ? कुनैबेला यस्तो अनुमान सामान्य मानिन्थ्यो । पछि उनीहरुको ब्रेकअप भयो । अहिले कट्रिना सिंगल छिन् । साथै उनी पूर्वप्रेमी सलमानकै आसपासमा छिन् ।

हालैमात्र कट्रिना सलमानको फिल्म ‘भारत’मा देखिइन् । त्यही फिल्मको एउटा भिडियो अहिले चर्चामा छ, जसमा सलमान खान तथा कट्रीना कैफ विवाह गरिरहेका छन् । उक्त भिडियो प्रशंसकहरुमाझ चर्चाको विषय बनेको छ ।

हुन पनि सलमान खानका फ्यानहरुलाई केवल दुई वटा कुराको मात्र प्रतिक्षा भैरहेको हुन्छ । एउटा हो सलमानको नयाँ फिल्म तथा अर्को हो उनको विवाह कहिले हुन्छ ?

अहिलेसम्म फिल्महरुमार्फत सलमानले आफ्ना फ्यानहरुलाई ट्रीट दिइ नै रहन्छन् । तर विवाहको लागि भने उनले लामो प्रतिक्षा गराइरहेका छन् ।

यसबीचमा सलमानको नाम थुप्रै अभिनेत्रीहरुसँग जोडिइसकेको छ । थुप्रै अभिनेत्रीहरुसँग उनको रिलेशनशीप पनि भैरहेको छ, यद्यपि विवाहको प्रसंगमा भने उनी टाढा-टाढा भागिनै रहन्छन् । वास्तविक जीव्नमा सलमान विवाहबाट भाग्ने क्रम जारी नै रहे पनि रील लाइफमा भने उनले धेरै पटक विवाह गरिसकेका छन् ।

हालैमात्र सलमानको विवाहको एउटा भिडियो सार्वजनिक भएको छ, जसले निकै चर्चा समेत पाइरहेको छ ।

सलमानका डिजाइनर एश्ले रिलेबोद्वारा शेयर गरिएको उक्त भिडियोमा सलमानले कट्रीनासंग विवाह गरिरहेको देखिन्छ भने बाँकी मानिसहरुले उनीहरुमाथि फूल वषर्ाइरहेको देखिन्छ । उक्त भिडियो सलमानको पछिल्लो फिल्म ‘भारत’ को छायांकनको बेला खिचिएको हो, जुन अहिले आएर सार्वजनिक भएको हो । प्रशंसकहरुका लागि उक्त भिडियो कुनै टि्रट भन्दा कम छैन । यद्यपि, अब हेर्नुछ सलमानले वास्तविक जीवनमा भने कहिले विवाह गर्नेछन् ?

त्यसो त स्वयं सलमानका बुवा सलीम खानले पनि यो प्रसंगमा आफ्ना छोरासंग हार मानिसकेका छन् । उनलाई पनि आफ्नो छोरा दुलाहा बनेको हेर्ने चाहाना छ ।

यतिबेला सलमान खान टेलिभिजन शो ‘नच बलिए-९’ मा व्यस्त छन् । उक्त शोको सेटबाट पनि एउटा भिडियोले चर्चा बटुलिरहेको छ, जसमा सलमानले आफ्नो विवाहदेखि लिएर पूर्व प्रेमिकाहरुसंगका फिल्महरुको बारेमा कुराकानी गरेका छन् ।

उक्त भिडियोमा सलमानले भनेका छन्-‘हरेक व्यक्ति मलाई मर्डर मिस्ट्री सम्झेर त्यसलाई समाधान गर्नका लागि अघि बढ्छन् । जीवनमा मैले अहिलेसम्म के-के सुनें होला । आफ्नो विवाहको जिज्ञासा गर्ने पत्रकारसँग सलमान पुनः भड्किए, के सलमानको आगामी फिल्ममा उनकै कुनै एक्स हुनेछिन् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment