+
+
Shares

‘गीत गजल’को फस्टलुक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते १२:१४

रुप पोखरेल र आरोही सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘गीत गजल’को फस्टलुक सार्वजनिक गरिएको छ । नितिन चन्दले निर्देशन गरेको यो चलचित्र असोजको २४ गतेबाट रिलिजमा आउनेछ । पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

आरोहण प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आत्रा करनजीत लगायतको मुख्य भूमिका छ । निर्देशकले चलचित्रलाई रोमान्टिक लभ स्टोरीमा दर्शकको मन छुने शैलीमा बनाएको बताए ।

यो चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, नितिन चन्दको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?