Comments Add Comment

न्युजिल्यान्डले भारतलाई दियो २४० रनको लक्ष्य

२५ असार, काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डले भारतलाई २४० रनको लक्ष्य दिएको छ ।

इंग्ल्यान्डको म्यान्चेस्टरमा न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २३९ रन बनाएपछि भारतले मध्यम लक्ष्य पाएको हो ।

यसअघि ६७ रन बनाएका रोस टायलरले आज सात रनाएर आउ भए । उनी ९० बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भए । त्यसलगतै टोम लाथम पनि १० रनमा आउट भएपछि न्युजिल्यान्डले ठूलो स्कोर बनाउन सकेन ।

मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहंदा पानी परेपछि खेल रोकिएको थियो । ‘रिजर्ब डे’ अनुसार आज बाँकी खेल सुरु भएको हो ।

यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । लगातार पानी परेपछि यो खेल ‘रिजर्ब डे’ को लागि सारिएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भए ।

न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रनदेखि नै ब्याटिङ थालेको हो ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment