Comments Add Comment

गगनको प्रश्न : सदन सभामुखले चलाएका छन् कि सरकारले ?

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद सरकारको छाँयाको रुपमा सिमिति हुँदै गएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस सांसद थापाले सभामुखमाथि स्वतन्त्र भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए । सरकारले प्रतिपक्षी दललाई पेलेर जाने नियत राखेको र सभामुखले त्यसलाई सभामुखले अनुसरण गरेको भन्दै उनले भने, ‘यसले सभामुख दिन प्रतिदिन हाम्रो विश्वास गुमाउँदै हुनुहुन्छ भन्ने कुरालाई पुष्टि गरेको छ ।’

उनले संसदीय समितिको सामना गर्न सरकार र समिति गठन गर्न सभामुख तयार हुनुपर्ने बताए । ‘जबसम्म संसदीय छानविन समिति बन्दैन, तबसम्म प्रमुख प्रतिपक्षी दलको तर्फबाट संसद चल्ने कुरामा हाम्रो सहयोग रहँदैन’ उनले भने ।

मंगलबारसम्म संसदीय समिति गठन गर्ने सकारात्मक रहेका सभामुख सरकारको निर्देशनमा पछि हटेको उनको दाबी छ । सांसद थापाले अघि भने, ‘संसदीय छानविन समिति बनाउने सवालमा सरकार पक्षका सांसद र कानुनमन्त्रीले हामी तयार छैनौं भन्नुभयो । सभामुखले त्यही मान्नुभयो ।’

बुधबारको बैठकमा कांग्रेसका एक सांसदले बोल्छौं भन्दा पनि सभामुखले समय नदिएको भन्दै असन्तुष्टि जनाए ।

‘हजोको बैठकमा मन्त्रीले भन्नुभयो, म संसदीय समितिको सामना गर्न तयार छु । सभामुखले भन्नुभयो ‘म पोजेटिभ छु । तर आज प्रमुख प्रतिपक्षी उठ्दै गर्दा संसद चलाउन तयार हुनुहुन्छ’ थापाले भने, आफैं पोजेटिभ भएको छानविन समिति बनाउन तयार हुनुहुन्न भनेपछि संसद सभामुखले चलाउनुभएको छ वा सरकार चलाउने मान्छे आफैंले चलाइरहेको छ ?’

सर्लाहीमा भएका दुबै घटनासामान्य नभएकाले सत्यतथ्यमा नपुगे भविश्यमा लोकतन्त्रलाई नै खतरामा पार्नसक्छ भएकाले आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment