Comments Add Comment

रितिकको अभिनय देखेर सुजैन दंग

बलिउडका सवैभन्दा महंगो सम्बन्ध विच्छेद थियो, अभिनेता रितक रोशन र सुजैन खानको । उनीहरुको सम्बन्ध विच्छेदले बलिउडमा ठुलै पराकम्पन ल्याएको थियो । जबकी रोशन-सुजैनको दुई सन्तान समेत छन् ।

सम्बन्ध विच्छेदपछि पनि उनीहरुले भेटघाटको सिलसिला भने जारी राखे । संभवत बच्चाका लागि उनीहरुले धेरै दुरी बढाएनन् । हालै मात्र बलिउडको नयाँ फिल्म ‘सुपर ३०’ हेरेपछि अभिनेता रितिक रोशनकी पूर्व श्रीमती सुजैन खानले उक्त फिल्मको समिक्षा गर्दै रितिकको अभिनयको प्रशंसा गरेकी छिन् ।

रितिक रोशन र सुजैन खानको डिभोर्स भएको ४-६ भएपनि आजका मितिसम्म दुबैबीचको सम्बन्ध मधुर छ भने दुबैले आफ्ना दुबै छोराहरुलाई उत्तिकै समय दिइरहेका छन् ।

उनीहरु संग-संगै घुम्न पनि निस्कन्छन् । यतिमात्र होइन, हरेक परिस्थितिहरुमा रितक र सुजैन एकअर्कालाई सहयोग गर्न अघि बढिरहन्छन् ।

हालै मात्र रितिककी बहिनी सुनैनाले उनका परिवारले उनलाई कुटपीट गरेको तथा प्रताडित गरेको आरोप लगाउँदा पनि सुजैनले रितिककै साथ दिएकी थिइन् । पछिल्ला दिनहरुमा सुजैन रितिकका लागि केही बढि नै खुशी भैरहेकी छिन् । त्यसको कारण रितिकको नयाँ फिल्म ‘सुपर ३०’ लाई मानिएको छ ।

रितिकको उक्त फिल्म वास्तविक जीवनका शिक्षक आनन्द कुमारको जीवनीमा आधारित छ, जो बिहारमा आईआईटी-जेईईका लागि विद्यार्थीहरुलाई प्रशिक्षण दिन्छन् ।

उक्त फिल्ममा रितिकले आनन्द कुमारको भूमिका निर्वाह गरेका छन् । यो फिल्म यही शुक्रवार अर्थात जुला १२ का दिन प्रदर्शन हुँदैछ । जहाँ स्वयं आनन्द कुमारले उक्त फिल्मको प्रसंशा गरेका छन्, त्यहीं अहिले रितिककी पूर्व श्रीमती सुजैन पनि रितिकको अभिनयबाट प्रभावित भइन् ।

सुजैनले हालै मात्र रितिकको उक्त फिल्म हेरेपछि इन्स्टाग्रँममा लेखिन्-‘रितिक, यो तपाईंको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रस्तुतीमध्येको एक हो । मलाई तपाईंप्रति धेरै नै गर्व छ ।’ ‘सुपर ३०’ लाई विकास बहलले निर्देशन गरेका हुन् । फिल्ममा मृणाल ठाकुर, वीरेन्द्र सक्सेना, जोनी लिवर, अमित साध तथा पंकज त्रिपाठी जस्ता कलाकारले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment