Comments Add Comment

भारतीय दूतावासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छ : मन्त्री खनाल

२६ असार, काठमाडौं । कृषि तथा पशुपंछी विकासमन्त्री चक्रपाणि खनालले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणका सन्दर्भमा भारतीय दूतावाले पठाएको पत्रको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन् ।

भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्न सुरू गरेपछि भारतको दबावमा सरकारले उक्त निर्णय फिर्ता लिएको थियो । भारतीय दूतावासले नै पत्र पठाएर दबाव दिएको सन्दर्भमा भने प्रधानमन्त्रीसहित मन्त्रीहरु विभिन्न अभिव्यक्ति दिदै पन्छिरहेका थिए ।

सोही सन्दर्भमा बिहीबार रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा मन्त्री खनालले पत्र परराष्ट्र मन्त्रालयमा आएको र त्यो दुई देशबीचको सम्बन्धको कुरा भएको बताए ।

मन्त्री खनालले अघि भने, ‘डब्लुटीओअनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दा पनि परराष्ट्रले दिनुपर्छ ।’

विषादी परीक्षणको निर्णय फिर्ता भएपछि सर्बत्र आलोचना भएको थियो । यद्यपि, विषादी परीक्षण तत्काल नगर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चले अन्तरकालीन आदेश दिइसकेको छ ।

‘विषादी परीक्षण रोकिएको छैन’

मन्त्री खनालले विषादी चेकजाँच अहिले पनि जारी नै रहेको स्पष्ट पारेका छन् । विषादी परीक्षण आफ्नै प्रक्रियामा भैरहेको उनको भनाइ छ ।

नेपालमा अहिले अस्तित्वमा रहेका विषादी परीक्षण ल्याबहरुको क्षमतामा प्रश्न रहेको सुनाउँदै उनले ल्याबलाई छिट्टै स्तरोन्नती गर्ने विश्वास व्यक्त गरे ।

विषादी चेकजाँच गर्ने निर्णयबाट सरकार किन ब्याक भयो ? भनेर प्रश्न उठिरहेको भन्दै उनले निर्णयमा नाकामा चेकजाँच भन्ने शब्द राख्दा समस्या भएको स्पष्ट पारे ।

यो पनि पढ्नुहोस म लज्जित हुनुपर्‍यो, क्षमाप्रार्थी छु : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment