Comments Add Comment

‘साईनो’को ट्रेलरमा राजकुमारसँग नीता र मिरुनाको प्रेम

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्र ‘साईनो’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द निर्मित चलचित्रको ट्रेलर रिलिज गरिएको हो । यो चलचित्र साउनको २४ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्रको मुख्य भूमिकामा मिरुना मगर, नीता ढुंगाना, भूवन चन्द, बसुन्धरा भुषाल र नव–कलाकार राज कुमारलाई दर्शकले देख्न सक्नेछन् । रमेश थापाको निर्देशनमा तयार भएको चलचित्रमा अभिमन्यू निरवीको स्क्रिप्ट छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् ।

चलचित्रमा रामेश्वर कार्की र नवराज उप्रेतीको छायांकन छ । चलचित्रको ट्रेलरमा विशेषगरि राजकुमार र मिरुनाको प्रेम, सामाजिक परिस्थिती, नीतासँगको भेटलाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । चलचित्रले चेलिबेटी बेचबिखनको कथालाई पनि उठान गरेको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment