Comments Add Comment

ढाका उड्ने भयो हिमालय एयरलाइन्स, ६ साउनमा पहिलो उडान

२६ असार, काठमाडौं । निजी लगानीको नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले नेपालबाट बंगलादेशको राजधानी ढाकामा सिधा उडान गर्ने भएको छ ।

६ साउनबाट काठमाडौं–ढाका–काठमाडौं रुटमा नियमित उडान गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । यस रुटमा कम्पनीले १५० इकोनोमी क्लास र ८ प्रिमियम इकनोमी क्लास सीट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ बाट उडान थाल्न लागेको बताएको छ ।

हिमालय एयरलाइन्सको ढाका उडानले छिमकी मुलुकहरुबीच नेपालको पर्यटन र अन्य व्यवसाय प्रवद्र्धनमा टेवा पुर्‍याउने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘दुई देश बीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै यस सञ्जालले नेपाल र बंगलादेश बीच व्यावसायिक अवसर सिर्जना गर्नेछ’ उपाध्यक्ष श्रेष्ठले भने । यो उडानले मध्यपूर्वी मुलुक र बंगलादेश बीच पूलको रुपमा काम गर्ने विश्वास कम्पनीको छ ।

बंगलादेश र नेपालका व्यावसायिक यात्रु तथा घुमघाममा जाने यात्रु यस उडानबाट लाभान्वित हुने कम्पनीले उल्लेख गरेको छ । बंगलादेश धेरै नेपाली विद्यार्थी भएको मुलुक पनि हो । बंगलादेशबाट पनि ठूलो संख्यामा पर्यटन नेपाल भ्रमणमा आउने गरेका छन् । हिमालय एअरलाइन्सले मध्यपूर्वी एसियाका गन्तव्य दोहा, दुबई÷आबुधावी र दमाममा उडान गरिरहेको छ ।

सातामा तीन उडान

काडमाडौं–ढाका–काठमाडौं रुटमा सातामो तीन उडानको योजना कम्पनीले सार्वजनिक गरेको छ । सोमबार, बुधबार र शनिबार हिमालय एयरलाइन्सको जहाज ढाकाका लागि उड्नेछ । काठमाडौंबाट स्थानीय समय बिहान ११ : १० बजे उड्ने जहाज स्थानीय समय १३ : १० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ ।

ढाकाबाट स्थानीय समय अनुसार दिउँसो २ : १० बजे उड्ने जहाज सोही दिन काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ : २० मा अवतरण गर्ने भएको छ । यस उडानमा प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्म र इकनोमी क्लासमा २० केजी सम्म निशूल्क ब्यागेज सुविधा उपलब्ध भएको कम्पनीको भनाइ छ ।

बंगलादेशमा कमपनीले एसएयर एयर बीडी लिमिटेडलाई साधारण बिक्री एजेन्ट (जीएसए) तोकेको छ । नेपाल–चीन संयुक्त लगानीमा सन् २०१४ अगष्टमा स्थापना भएको हिमालय एयरलाइन्ससँग तीन वटा न्यारोबडी जहाज उपलब्ध रहेका छन् ।

कम्पनीले निकट भविष्यमा चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र नाङचाङ, चाङ्चिङ, चाङ्सा र गुइयङजस्ता गन्तब्यसम्म उडान विस्तारको योजना रहेको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment