Comments Add Comment

लाल बकैया खोलामा खसेर एक युवकको मृत्यु

२६ असार, रौतहट । मोटरसाइकलसहित लाल बकैया खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार विहान ४.४५ बजेको समयमा खसेर वेपत्ता भएका थिए ।

पटेल वेपत्ता भएपछि सोही स्थानमा रहेका स्थानीय बासिन्दाहरु भारतीय सुरक्षाकर्मीलाई खवर गरेपछि उनको खोजी शुरु भएको थियो । भारतीय सुरक्षाकर्मीहरुले खोलामा डुवेको अवस्थामा पटेल चढेको बीआर ५५ए४१३८ नम्वरको मोटरसाइकल बरामद गरेका छन । सोही नम्वरलाई चेकजाँच गर्दा उक्त मोटरसाइकल पटेलको भएको र उनी नेपाली नागरिक रहेको पुष्टि भएको भारतीय सुरक्षा अधिकारीले जनाएको छन ।

सुरक्षाकर्मीहरुको निकै प्रयासपछि घटनास्थल भन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाट नजिक पटेलको शव बरामद भएको हो । शव बरामद भएपछि मृतकको आफन्तलाई खवर गरिएको तथा शव ल्याउन पहल भइरहेको रौतहट प्रहरीका डीएसपी एवं प्रवक्ता नवीन कार्कीले बताए ।

लगातार रुपमा परेको पानीको कारण रौतहटको लालबकैया तथा बाग्मती नदीको जलस्तर बढेको छ । लालबकैया नदीमा आएको बाढीबाट सिमावर्ती भारतीय क्षेत्रमा बनाइएको डाइभर्सन बगाएपछि सर्वसाधारण यात्रुहरुलाई रेल्वे लाइन भएर आवतजावत गरी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment