Comments Add Comment

किन सधै निगरानीमा प्रेमिल युवापुस्ता ?

जीवनमा सबैभन्दा रमाइलो, उत्साहजनक अवस्था भनेकै युवा अवस्था हो । यो अवस्थामा युवाहरुको छुट्टै जोस र जाँगर हुन्छ । हरेक देशमा युवालाई महान् शक्ति पनि मानिन्छ । तर, हिजोआज युवालाई जीवनमा गोप्यताको आवश्यक पहिला भन्दा धेरै हुन थालेको छ । पछिल्लो समय बढ्दो सीसीटीभि क्यामरा, बायोमेटि्रक सिस्टमहरुले युवाहरुको गोप्यता सकिदै गएको अनुभव गर्न थालिएको छ ।

हिजोआज कलेजमा विधार्थी कुन समयमा आए, कुन समयमा गए भन्ने थाहा पाउनको लागि पनि सीसीटिभीको प्रयोग हुन थालेको छ । यसले कलेजमा अध्ययनरत हरेक युवाका हरेक गतिविधिलाई समेट्ने भएकोले युवाको गोप्यता रहँन पाउँदैन र यस्ता कुराहरुले गर्दा आज बिद्यालय तथा क्याम्पस उनीहरुका लागि जेल बराबर हुन थालेको छ ।

प्रायः युवाहरुको धेरै कुराहरु गोप्य रुपले गर्ने बानी हुन्छ । पढाईको बिषय होस अथवा प्रेम सम्बन्ध, पार्टी होस् अथवा घुम्न जाने योजना । यी सबै कुराहरुलाई युवा गोप्य राख्न चाहान्छन् ।

युवाहरुलाई नयाँ प्रयोग गर्न लागि छुट चाहिन्छ । बिन्दास हुनका लागि पनि छुट चाहिन्छ । युवा अवस्थामा पुग्नासाथ बदमासी र नयाँ प्रयोगतिर यिनिहरुको पाइला अघि बढ्दै जान्छ । युवाहरुको बढ्दै गएको पाइलालाई तपाईंले चाहेर पनि रोक्न सक्नु हुन्न ।

विद्यालयदेखि कलेजसम्मका छात्र-छात्राहरुलाई अनुशासनमा राख्नका लागि आजभोली कक्षा कोठा, बरन्डा, खेल मैदानमा सीसीटीभि क्यामरा राख्न थालिएको छ । जसले उनीहरुको पल-पलको गतिविधिहरु रेकर्ड गरिरहेको हुन्छ । यसले युवाहरुमा अपराध कम त भएको छ तर युवाहरुको स्वतन्त्रता पनि खोसिएको छ ।

त्यस्तै हिजोआज सेल्फी र भीडियोहरु पनि भटाभट बन्न थालेका छन्, जसलाई कति बेला भाइरल बनाइन्छ भन्ने थाहा हुदैन । त्यस्तै अपराधी प्रवृत्तिको मानिस सीसीटिभीको फुटेजलाई गलत प्रयोग गरेर रेकर्डिंग बेच्ने धन्दा पनि गर्न सक्छन् ।

जब हरेक ठाउँ, कुना-काप्चामा सीसीटिवी क्यामरा राखिएको हुन्छ, तब हरेक क्रियाकलापहरु क्यामरामा कैद भैरहेका हुन्छन् । त्यस्तो अवस्थामा लुकिछिपी प्रेम गर्नेले प्रेम गर्ने मौका पाउँदैनन् ।

अचेल हाम्रा मोबाइल फोनहरु लोकेसनको जानकारीसहित हरेक क्षण खुलै हुन थालेका छन् । पछिल्लो पुस्ताका मोबाइल फोनहरुले त स्किन लक गर्दा पनि रेकर्ड गर्न सक्ने सुविधाहरु उपलब्ध छन् ।

वास्तवमा अहिलेको टेक्नोलोजिहरु कतिपय मानिसहरुका लागि भारी हुन थालेको अनुभव गर्न थालिएको छछ । तपाईका हरेक क्रियाकलाप आज विशाल डाटा सेन्टरहरुमा जम्मा हुन थालेका छन् ।

यदि सीसीटिभीलाई सिमकार्डसँग जोडिएको छ भने उक्त फूटेज कहाँ स्टोर भैरहेको छ भन्ने कुराको जानकारी समेत पाउन गाह्रो हुन्छ । अनुहार चिन्ने प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्समार्फत तपाईंले भूत र वर्तमानलाई एकै स्थानमा ल्याउन सकिने प्रविधिको विकास भैसकेको छ ।

वास्वतमा युवाहरुलाई आवश्यकताभन्दा बढि नियन्त्रण गरिनु पनि उचित होइन । त्यस्तो नियन्त्रण केही हदसम्म उचित होला, तर हरेक क्षण, हरेक पल, हरेक गतिविधिहरुलाई सीसीटिभीमा कैद गरेर युवापुस्ताको स्वतन्त्रता नै हरण गर्ने कुरालाई भने जायज मान्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment