Comments Add Comment

मन्त्री यादवको प्रश्न : कांग्रेसले चाहिँ जनतालाई अर्गानिक खुवाएको थियो ?

२७ असार, काठमाडौं । उद्योगमन्त्री मातृका यादवले कसैले नगरेको काम गर्न हिम्मत गर्दा आफूलाई ‘दलाल’को बिल्ला भिराइएको गुनासो गरेका छन् ।

भारतीय तरकारी तथा फलफुलको क्वारेन्टाइन परिक्षण गर्ने निर्णय सरकारले फिर्ता लिएको विषयमा उत्पन्न विवादलाई लिएर उनले यस्तो धारणा राखेका हुन् ।

मन्त्री यादव नेपाल चेम्बर अफ कमर्शद्वारा आयोजित वाणिज्य तथा आपूर्ति व्यवस्थापन विषयको छलफल कार्यक्रममा बोल्दै थियो । उनले प्रमूक प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि कटाक्षसमेत गरे ।

‘कांग्रेसले यतिञ्जेल सत्तामा बस्दा सँधै नागरिकलाई अर्गानिक खानेकुरा खुवाएको जस्तो व्यवहार देखायो,’ उनले भने, ‘विपक्षी हँु भन्दैमा जे पनि बोलिदिने ? यथार्थमा टेकेर बोलोस्, अनि मात्र कांग्रेसको इज्जत रहन्छ ।’

उनले अगाडि थपे, ‘इतिहासमा कांग्रेस भारतको सबैभन्दा ठूलो दलाल हो भन्ने आरोप हामीले पनि सुन्थ्यौं । व्यापारिक समस्या सरकारलाई भन्नुस, छलफल गरौं । संवाद नगरी हिँड्ने व्यवहार व्यापारीले देखााए । म त झन् लडेर आएको मान्छे, लड्न समस्या छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment