
२७ असार, विराटनगर । खोटाङमा पहिराले घर पुर्दा एकै परिवारका तीनजना बेपत्ता भएका छन् । शुक्रबार बिहान करिब ४ बजे सुतिरहेको अवस्थामा आएको पहिरोले पुर्दा विष्णु राईका श्रीमती र छोरा छोरी वेपत्ता भएका हुन् । विष्णुलाई भने स्थानीयले उद्दार गरेका थिए ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङको खोटेहाङ गाउँपालिका– ३ बाक्पचाङमा पहिराले परिएर राईकी श्रीमती २८ वर्षका रेखा राई ४ वर्षका छोरा रोमन र ७ महिनाका छोरा रोहन राई बेपत्ता भएका हुन् ।
स्थानीय र प्रहरीको उपस्थितिमा खोजी कार्य जारी भए पनि नभेटिएको प्रहरीले जानकराी दिएको छ । घाइते अवस्थामा उद्दार गरिएका विष्णुको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4