Comments Add Comment

बाढीका कारण मोरङमा ४७० घरका २ हजार विस्थापित

२७ असार, विराटनगर । शुक्रबार बिहानदेखि आएको बाढीका कारण मोरङका करिब २ हजार मानिस विस्थापित भएका छन् । बाढीका कारण ४७० परिवारका करिब २ हजार व्यक्ति विस्थापित भएका हुन् ।

विस्थापित हुनेमा अधिकांश विराटनगर महानगरपालिकाका बासिन्दा छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विराटनगर– ८ मा ५० परिवार बिस्थापित भएका छन् । विराटनगर ७ मा १३ परिवार बिस्थापित भएका छन् ।

विराटनगर १ को विजयपुर सुकुम्बासी बस्तीमा २५ घर, हनुमान मन्दिर छेउ सुकुम्बासी बस्तीका २० परिवार र जिल्ला प्रहरी कार्यालय पछाडि रहेको बस्तीका २० परिवार विस्थापित भएका छन् ।

त्यस्तै विराटनगर– २ को मुसहर बस्तीका २० परिवार, विराटनगर ४ को बरौलीका ७ परिवार, विराटनगर १५ का पारिजात र सुमहर टोलका ५० परिवार, विराटनगर ७ हरियाली टोलका ५० परिवार बाढीका कारण विस्थापित भएका छन् ।

बाध फुटेर बस्ती पस्यो

खदम खोलाको बाध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका १ धुनिटोलका ४० परिवार विस्थापित भएका छन् । डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार बिस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टागेर बसेका छन् ।

कानेपोखरीमा एक वेपत्ता

बाढीका कारण मोरङको कानेपोखी गाउँपालिका –२ गेउरिया खोलाले एक जनालाई बगाएको छ । बगाएको व्यक्तिको परिचय नखुलेको जिल्लला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

विस्थापित भएकाहरुलाई स्थानीय स्तरमा रहेका विपद व्यवस्थापन समितिले राहत वितरण कार्यमा समन्वय गरिरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।

लोहन्द्र पुल जोखिममा

वर्षासँगै आएको बाढीका कारण विराटनगर जोड्ने लोहन्द्रा खोलाको पुल जोखिममा परेको छ । बाढीले पुलको जग भएको क्षेत्रमा कटान गरेपछि जोखिम बढेको हो । जोखिम बढेपछि स्थानीय प्रशासन पुलमा रातो झण्डा लगाएको छ ।

कोशीको बहाव वर्षकै उच्च

सप्तकोशी नदीको पानीको बहाव यो वर्षकै उच्च भएको छ । शुक्रबार बेलुका कोशीको पानीको बहाव एक लाख ९९ हजार ७९० क्टुसेट पुगेको थियो ।

यो बाढी यो वर्षकै उच्च हो । पानीको बहाव बढेपछि नदीमा रातो झण्डा लगाइएको छ । पानीको बहाव बढेपछि कोशीका ५५ ढोका मध्ये २२ ढोका खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment