Comments Add Comment

बाढी पीडितको उद्धार र राहतमा जुट्न नेकपाको निर्देशन

'उद्धार र राहतको पहल भइरहेको छ'

२८ असार, काठमाडौं ­­। सत्तारुढ नेकपाले बाढी, पहिरो पीडितको उद्धार र राहतमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै सबै तहका कमिटी, नेता कार्यकर्ता र जनसंगठनहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिएका हुन् ।

विज्ञप्तिमा पीडितहरुको उद्धार र राहत कार्यमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको पनि उल्लेख छ ।

अध्यक्षद्वय ओली र प्रचण्डले बाढी, पहिरो तथा डुबानबाट भएको मानवीय एवम् भौतिक क्षतिबाट आफूहरु दुःखी भएको उल्लेख गरेका छन् । उनीहरुले ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना र घाइतेहरुप्रति शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

हेर्नहोस् ओली र प्रचण्डको संयुक्त विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment