
भदौ ६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हजार जुनी सम्म’को एक आइटम गीत रिलिज भएको छ । चलचित्रको दोश्रो गीतको रुपमा रिलिज गरिएको ‘सुकुटी साधन साहुनी’ बोलको गीतमा मिना निरौला र प्रल्हाद तिमिल्सिनाको स्वर, एकनारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत छ ।
चलचित्रको यो गीतमा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन् । उनको साथमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, शिवहरि पौडेलको नृत्य हेर्न सकिन्छ ।
पुरुषोत्तम प्रधानले खिचेको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई विकासराज आचार्यले निर्देशन गरेका हुन् । प्रेमकथामा निर्मित यो चलचित्रलाई सिक्किमका विभिन्न रमणिय लोकेशनमा खिचिएको छ ।
अर्जुन जीसीको सम्पादन रहेको चलचित्रमा विकासराज आचार्य र सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4