Comments Add Comment

अलीको फिल्ममा इशान र अनन्या

अली अब्बास जफरको निर्देशनमा बनेको चलचित्र ‘भारत’ले बक्सअफिसमा राम्रो व्यापार गर्यो । नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका रहेको ‘भारत’ले २ सय करोड बढीको व्यापार गर्न सफल भयो ।

अब भने अब्बास नयाँ निर्देशनमा जुटेका छन् । आफ्नै व्यानरमा निर्माण हुने चलचित्रलाई उनले निर्देशन गर्ने तयारी गरिरहेका छन् । चलचित्रको नाम पक्का नभए पनि अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ ।

यस्तैमा चलचित्रको लागि अब्बासले नायक–नायिकासँग भने संझौता गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रका लागि ‘धडक’ डेब्यू नायक इशान खट्टर र ‘स्टूडेन्ट अफ दि इयर २’डेब्यू नायिका अनन्या पाण्डे पक्का भएका छन् । चलचित्रको स्क्रिप्ट अनुसार नै उनीहरुलाई लिइएको निर्देशक अब्बासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment