Comments Add Comment

हाजार्डलाई २३ नम्बर जर्सी, १० नम्बर पाएनन् !

काठमाडौं । इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियल मड्रिड आएका स्ट्राइकर इडन हाजार्डका लागि अहिले एउटै समस्या छ, कति नम्बरको जर्सी लगाउने ।

मडि्रडमा लुका मोडरिकले १० नम्बर जर्सी लगाइरहेकाले हाजार्ड समस्यामा परेका हुन् । हाजार्ड चेल्सी टिममा मात्रै होइन बेल्जियमको राष्ट्रिय टिमबाट पनि १० नम्बर जर्सी नै लगाउँथे । अब भने हाजार्डका लागि २३ नम्बर जर्सी हुने देखिएको छ ।

कुनै समय डेभिड बेकहृयामले लगाउने २३ नम्बर जर्सी रोज्नुमा भने हाजार्डको कारण भिन्न छ । बास्केटबल खेलका समेत समर्थक हाजार्डले बास्केटबलमा लिजेण्ड खेलाडी माइकल जोर्डनले २३ नम्बर जर्सी लगाउने भएकाले उनले उक्त जर्सी रोजेका हुन् । गएको सिजन २३ नम्बर जर्सी सर्जियो रेगुलनले लगाएका थिए ।

हाजार्डले रियल मडि्रडमा ७ नम्बर जर्सी लगाउने कुरा आइरहे पनि त्यसमा उनको इच्छा देखिएको छैन । मड्रिडमा आएको केही समय इस्कोले पनि २३ नम्बर जर्सी लगाएका थिए ।

मड्रिडमा आफ्नो छुट्टै पहिचान बनाउनका लागि नै हाजार्डले २३ नम्बरमा जर्सीमा मन लगाएको फुटबल विश्लेषक बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment