+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

दीपाश्रीको दाबी–‘पपलुर अवार्ड अरु भन्दा ठूलो’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३० गते १३:०५

शुक्रबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’को विवाद सकिने छाँटकाँट छैन । यो पुरस्कार कार्यक्रमको व्यवस्थापनदेखि अवार्ड वितरणको बिषयमा अहिले आलोचना भैरहेको छ भने पाउनेहरुले प्रशंसा पनि गरिरहेका छन् । यसैविच, शुक्रबार बेलुकी आयोजित कार्यक्रममा आमा सरस्वती मुभिजलाई २ वटा पुरस्कार प्रदान गरियो । ‘सर्वाधिक कमाउने सिनेमादेखि सिनेमाको प्रवद्र्धन र विस्तारमा सहयोग गरेको भन्दै पुरस्कार प्रदान गरियो ।

चलचित्र ‘छक्का पन्जा र छक्का पन्जा ३’की निर्देशक दीपाश्री निरौलालाई दर्शकको मायाले नै आफूहरुले यो पुरस्कार पाएको भन्ने लाग्छ । ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ‘उत्कृष्ट चलचित्र, निर्देशक’को विधामा पुरस्कार पाउने गरि चलचित्र बनाउनुहुन्छ कि हुँदैन भन्ने संचारकर्मीको प्रश्नमा उनले भनिन्–‘कता कता यी पुरस्कार पनि पाउन पाए हुन्थ्यो भन्ने महशुश त हुन्छ । तर, यो पपुलर अवार्ड अरु अवार्डको आमाबाबु हो । अरु भन्दा यो अवार्ड ठूलो हो भन्ने मलाई लाग्छ ।’

उनले, चलचित्र सबै कोणबाट उत्कृष्ट बनेर नै पपुलर हुने भन्दै आफूले निर्देशन गरेको चलचित्रका नायक, नायिका, प्राविधिक सबै नै उत्कृष्ट भएको दाबी गरिन् । उनले, चलचित्र हिट बनाउने जादुको छडी आफूहरुसँग केही पनि नभएको बताउँदै दर्शकले विश्वास गरेको समयमा दर्शकलाई झुट काम पस्कन नहुने बताइन् । दर्शकको माया नै ठूलो भएको उनको भनाई छ ।

दीपाश्रीको वुझाइमा चलचित्र भनेको व्यापार पनि हो । व्यापार उत्कृष्ट भएर नै सर्वोत्कृष्टको पुरस्कार पाएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?