Comments Add Comment

चैत्र २८ मा अनमोलको फिल्म ?

निर्माता तथा कलाकार भूवन केसीले आफ्नो ब्यानर दि सुपर काजोल फिल्मस्बाट बन्न लागेको नयाँ चलचित्रका लागि वितरण कम्पनीको रुपमा एफडी कम्पनीलाई फाइनल गरेका छन् । भूवन र एफडीविच आइतबार संझौता भएको छ ।

नायक केसीको होम प्रोडक्शनमा बन्न लागेको चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा हुनेछन् । भूवनका अनुसार खलनायकको भूमिकामा उनले काम गर्दैछन् ।

एफडी कम्पनीसँग भूवनले कमिसनमा काम गरेको वुझिएको छ । यसका लागि एफडीले भूवनलाई मिनिमम ग्यारेन्टी सहित ८० लाख भन्दा बढी एडभान्स दिएको छ । एडभान्स दिएर कमिसनमा भूवन र एफडीविच काम गर्ने सहमती भएको छ । योसँगै, चलचित्रको रिलिज डेटलाई लिएर चर्चा सुरु भएको छ ।

अनमोल केसीको मुख्य भूमिका रहने यो चलचित्र चैत्र २८ मा रिलिज गर्ने सोचमा भूवन केसी छन् । एफडीले भने उनको अन्तिम निर्णय मागेको छ । यदि, भूवनले एफडीसँग यही मितिमै फाइनल गरेको खण्डमा यो मितिमा दुई स्टार कलाकारको भिडन्त हुने पक्का छ ।

यो मितिमा चलचित्र ‘प्रेमगीत ३’ले मिति पक्का गरिसकेको छ । तर, अहिलेसम्म चैत्र २८ नै फाइनल निर्णय भएको छैन । वुझिएअनुसार, वितरण कम्पनी यी दुबै चलचित्र एकसाथ आओस् भन्ने मनस्थितीमा छैन । तर, यदि भूवनले यो चलचित्र चैत्र २८ मै रिलिज गर्ने निर्णय गरे भने नायक अनमोल केसी र प्रदिप खड्काको बक्स अफिस भिडन्त पक्का हुनेछ । तर, यसका लागि केही समय पर्खिनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment