Comments Add Comment

संसद स्थगित भएपछि सभामुख र कांग्रेसप्रति नेकपाका सांसदको आक्रोश

३० असार, काठमाडौं । संसद बैठक स्थगित भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सभामुख कृष्णबहादुर महारा र कांग्रेसप्रति आक्रोश व्यक्त गरेका छन् ।

सांसदहरुले राष्ट्रिय विपतिको बेलामा सोमबारको संसद स्थगित गरिएको भन्दै सांसदहरुले कांग्रेस र सभामुख महराको आलोचना गरेका हुन् । बाढी र पहिरो प्रभावित जिल्लाका सांसदहरुले सोमबार रिपोटर्स क्लब आयोजित साक्षात्कारमा जनताका माग र पीडा राख्ने अवसर नदिएको गुनाशो गरे ।

खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले भने, ‘यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित गरियो । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । ‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो ।’

रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाइन् ।

सांसद नवराज सिलवालले संसद स्थगित गरिएकोमा आपत्ति जनाउँदै विपतिको बेलामा संसद सुरु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्ने धारणा राखे । ‘हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ,’ उनले भने ।

अर्काे सांसद यज्ञराज सुनुवारले बैठक सुरु नै नभइ स्थगित गरिएकोप्रति आक्रोश पोखे । ‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो । यसमा हाम्रो गम्भीर आपत्ति छ । कांग्रेसले जुन रवैया देखायो, यो गलत छ ,’ उनले भने ।

यस्तै नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको बेला संसद बैठक स्थगित् हुनु दुःखद भएको टिप्पणी गरे । उनले भने, ‘अहिले पनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’

सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment