+
+
Shares

कात्तिकमा सौगात र नम्रताको ‘माछा माछा’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३१ गते १२:२२

नायक सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘माछा माछा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । तीन जना गाउँले यूवाहरुले शहरिया जीवन स्थापित गर्नका लागि गरेको संघर्षको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सौगातसँगै बिजय बराल र अनोज पाण्डे केन्द्रिय भूमिकामा छन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र कात्तिकको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको प्रदर्शन मितिसँगै यसको फस्टलुक पनि रिलिज भएको छ । सार्वजनिक पोष्टरमा सौगात, बिजय , अनोजको समुह र अर्का कलाकार माओत्से गुरुङको समुह अलग–अलग देखिएको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठको पनि मुख्य भूमिका छ ।

मणिराम पोखरेल कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायांकन र सुनिल गुरुङको लेखन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?