
३१ असार, काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ ।
बंगलादेशमा जुलाई ११ देखि १४ तारिखसम्म आयोजना भएको दोस्रो अन्तर्राष्ट्रिय कुङफु च्याम्पियनसिपमा नेपालले पाँच स्वर्णसहित एक रजत जितेको हो ।
सञ्जयराज पुटुवारले इगल स्टायल थाउलो तथा सान्डाको ५९ केजीमा दोहोरो स्वर्ण जिते । अयुब घिमिरेले टाइगर स्टायल थाउलो र सान्डाको ५२ केजीमा दुई स्वर्ण हात पारे । सियान तामाङले स्नेक थाउलोमा नेपाललाई स्वर्ण दिलाए । तीनै खेलाडीले मिलेर टिम थाउलोमा थप एक रजत पदक जितेको बूढानिलकण्ठस्थित उमा कुङफु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिएका छन् ।
स्वर्ण पदक विजेता टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4