Comments Add Comment

ओली–प्रचण्ड वार्ता : भागवण्डा टुंगियो, व्यक्ति तोक्न बाँकी

३१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकतालाई ५ साउनमा सचिवालय बैठकले पूर्णता दिने सहमति भएको छ ।

असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिने सार्वजनिक घोषणालाई पुरा गर्न दुई अध्यक्ष केही दिनदेखि लगातार छलफलमा थिए । मंगलबार भएको छलफलमा विभागहरुको भागवण्डा टुंगो लगाएको छ । पार्टीको ३२ मध्ये १८ वटा तत्कालीन एमाले र १४ वटा तत्कालीन माओवादीको भागमा परेको छ ।

एक नेता भने, ‘व्यक्ति भने टुंगिएको छैन । ५ साउनमा टुंगो लगाउने सहमति भएको छ ।’

संगठन, स्कुल, प्रचार लगायतका विभागमा कसलाई ल्याउने भन्ने ठूलो रस्साकस्सी छ । संगठन विभागमा रामबहादुर थापा बादल र बामदेव गौतमको दाबी छ भने स्कुल विभागमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठको दाबी छ ।

केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन आयोगबारे सचिवालयमै छलफल गर्ने सहमति भएको छ । त्यो बैठकबाट जिल्ला इञ्चाज तथा सहइञ्चार्ज तोक्ने, सम्पर्क मञ्चबारे पनि निर्णय गर्ने सहमति जुटेको छ ।

अध्यक्षद्धयबीच भएको छलफलले एकता प्रक्रियालाई टुंगो लगाएको र छिट्टै बस्ने स्थायी कमिटीले अनुमोदन गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment