Comments Add Comment

बर्थ डे गर्ल कट्रिना कैफको दश रोचक कुरा

बलिउड अभिनेत्री कट्रिना कैफ आज जुलाई १६ का दिन आफ्नो ३६ औं जन्मदिन मनाइरहेकी छिन् । कट्रिनाको जन्मदिनको अवसर पारेर हामीले संकलन गरेका उनका बारेमा १० रोचक जानकारीहरुः

-कट्रिना कैफले सन् २००३ मा हिन्दी फिल्म ‘बूम’ मार्फत बलिउडमा कदम राखेकी थिइन् । यो हिसाबले उनले बलिउडमा करिव डेढ दशक बिताइसकेकी छिन् । यो अवधिमा उनले निकै उपलब्धिहरु हासिल गरिसकेकी छिन् । कट्रिना आज बलिउडकै टप अभिनेत्रीहरु मध्येकी एक हुन् ।

-कट्रिना कैफको जन्म १६ जुलाई १९८३ मा हङकङमा भएको थियो । तर, १४ वर्षकै उमेरमा उनी परिवारका सदस्यहरुसहित हवाइतर्फ लागिन् । त्यसपछि लण्डन पुगेकी कट्रिना त्यसपछिमात्र मुम्बई आएकी हुन् ।

-कट्रिना कैफको वास्तविक नाम कट्रिना टोरकेटी हो । उनका बुवाको नाम मोहम्मद कैफ तथा आमाको नाम सुजेन हो ।

-कट्रिनाको परिवारमा उनीसहित सात दिदी-बहिनी तथा एक जना भाइ छन् । बाल्यकालमा उनका बुवा-आमाको डिभोर्स भएपछि उनलाई उनकी आमाले हुर्काएकी थिइन् ।

-कट्रिना कैफ पनि आफ्नी आमा झैं समाजसेवा गर्न मन पराउँछिन् । उनी बालिका भ्रूण हत्यालाई रोक्ने आफ्नी आमाको च्यारिटेबल ट्रष्ट द रिलीफ प्रोजेक्ट्स इन्डियासंग आवद्ध छिन् ।

-कट्रिनाले आफ्नो करियर १४ वर्षको उमेरमै मोडलिङबाट प्रारम्भ गरेकी थिइन् । सन् २००३ मा उनको भेट कायजाद मुस्तादसंग भयो । कायजादले कट्रिनालाई आफ्नो फिल्म ‘बूम’ मा काम गर्ने प्रस्ताव राखे, जसलाई उनले सहर्ष स्वीकार गरिन् ।

-फिल्म बूमपछि वर्ष २००५ मा कट्रिनाले अमिताभ बच्चनसंग फिल्म ‘सरकार’ मा काम गर्ने मौका पाइन् । यद्यपि, उक्त फिल्मको सफलताले पनि उनलाई भने खासै फाइदा भएन ।

-सन् २००५ मा प्रदर्शन भएको फिल्म ‘मैंने प्यार क्यूं किया’ कट्रिनाको करियरकै पहिलो सुपरहिट फिल्म सावित भयो । उक्त फिल्म कट्रिनाले सलमान खानका कारण पाएकी थिइन् । उक्त फिल्मको सफलतापछि कट्रिनाले थुप्रै वटा फिल्मबाट अभिनयका प्रस्तावहरु पाएकी थिइन् ।

-कट्रिना चेसकी एक उत्कृष्ट खेलाडी हुन् । त्यति मात्र होइन उनी वर्ष २०११ तथा २०१२ मा सबैभन्दा बढि सर्च गरिने (गूगलमा) बलिउड सेलिब्रेटी समेत बनिन् ।

-कट्रिना आफ्ना हरेक फिल्मको रिलिजभन्दा पहिला अजमेर शरीफको दरगाह, सिद्धी बिनायक मन्दिर मुम्बई तथा माउन्ट मेरी चर्च पुगेकै हुन्छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment