Comments Add Comment

थपिदै हेलिकोप्टर कम्पनी, मुस्ताङले पायो ४ हेलि ल्याउने अनुमति

१ साउन, काठमाडौं । मुस्ताङ हेलिकोप्टर्स प्रालिले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ४ वटा हेलिकोप्टर्स किन्ने अनुमति प्राप्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कम्पनीले लाइसेन्स प्राप्त गरिसकेपछि प्राधिकरणले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गर्छ । कम्पनीले सोमबार एनओसी प्राप्त गरेको हो ।

प्राधिकरण स्रोतका अनुसार मुस्ताङलाई दुई थान ‘एयरबस एनवान२४’ र दुई थान ‘रोविन्सन आर ६६’ हेलिकोप्टर ल्याउन अनुमति दिइएको हो । पर्यटन मन्त्रालयबाट लाइसेन्स पाएको करीव १५ महिनापछि मुस्ताङले प्राधिकरणबाट एनओसी प्राप्त गरेको हो ।

प्राधिकरणले विभिन्न ५ चरणको प्रक्रिया पुरा गरेपछि मात्र कम्पनीहरुलाई एनओसी प्रदान गर्छ । कम्पनीले सेप्टेम्बरसम्म पहिलो हेलिकोप्टर भित्राइसक्ने कम्पनीका प्रवन्ध निर्देशक रोहन लामिछाने जानकारी दिए ।

उक्त कम्पनीले पोखरालाई आधार बनाएर देशभर उडानको योजना बनाएको छ । अक्टोवर महिनाबाट व्यवसायिक उडान थाल्ने योजना कम्पनीको छ । ‘मूख्य पर्यटकीय मौसम शुरु हुनासाथ हाम्रा हेलिकोप्टर नेपाल आइपुग्छन्,’ लामिछानेले भने ।

पर्यटकीय गतिविधि बढेसँगै नेपालमा हेलिकोप्टर व्यवसाय फस्टाउँदो छ । अहिले १० कम्पनीका करीव तीन दर्जन हेलिकोप्टर नेपाली आकासमा उडिरहेका छन् । मुस्ताङ ११ औं हेलिकोप्टर कम्पनी हुनेछ ।
नेपालमा आकस्मिक उद्धार र राहतसहित पर्यटकको आवातजावत र सुविधाका लागि हेलिकोप्टरको प्रयोग बढ्दो क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment