+
+
Shares

पोखरामा भेटियो ‘पेन गन’, लागूऔषध कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १ गते १३:१४
Photo Credit : सुदर्शन रञ्जित/अनलाइनखबर

१ साउन, पोखरा । कलमको आकारको बन्दुक ‘पेन गन’सहित पोखरामा एक लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

पोखरा २४ कास्कीकोट स्थायी घर भई हाल पोखरा ७ मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाट असार २९ गते पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

‘लागूऔषध सेवन, ओसारपसार गर्ने सुराकी पायौं । त्यही आधारमा उनको घरमा छापा मार्दा कलम जस्तै देखिने पेन गन र गोलीसमेत फेला पार्‍यौं,’ एसपी कार्कीले भने, ‘पेन गनसहित त्यसमा लाग्ने ७ वटा गोली पनि फेला परेको छ ।’

उनले रानाभाटको कोठाबाट थुप्रै लागुऔषध पनि बरामद भएको जानकारी दिए । प्रहरीले रानाभाटको डेराबाट ६० वटा फेनेरागन, ब्रुफिन ६० वटा, डाइजेपाम ६० वटा, नाइट्रोसन १५ चक्की बरामद गरेको छ ।

रानाभाट कक्षा १२ का विद्यार्थी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?