Comments Add Comment

हुलमुलका फिल्ममै रमाएकी प्रियंका

यो बर्षको सुरुवातमा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’का कलाकारको नाम हेर्ने हो भने नायिका प्रियंका कार्कीको नाम अगाडि छ । तर, चलचित्रमा हेर्दा नायिका कार्कीलाई दर्शकले आइटम गीतमा मात्र देख्न सक्छन् । नायिका कार्कीको नाम निर्माणपक्षले आइटम गर्ल मात्र भनेर किन भनेन ? नायिका कार्कीले गरेको आइटम पनि चलचित्रमा सफल हुन सकेन ।

नायिका कार्कीले सोलो रुपमा हिट चलचित्र त दिन सकेकी छैनन् । उनलाई मात्र पर्दामा देखाएर निर्माताले आशा गरेका ‘सुन्तली, बटर फ्लाई, प्रेमदिवस’ जस्ता चलचित्र सुपर फ्लप भए । ठूला ब्यानरका चल्तीका कलाकार भएका चलचित्रमा मिसिएर उनी हिट भइन् ।

प्रियंकालाई दर्शकले ठूलो पर्दामा बोल्ड भूमिकामा देख्न चाहिरहेका छन् । तर, कार्की भने जसोतसो हुलमुलमै रमाएर यो क्षेत्रमा टिकिरहने दाउमा छिन् । उनले, हालैमात्र शिवहरि पौडेलको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा संझौता त गरिन् । तर, चलचित्रमा उनी मात्र नायिका हुने छैनन् ।

चलचित्रको मुख्य नायक–नायिकाका लागि कलाकार तय हुन नै बाँकी छ । यस्तो अवस्थामा नायिका कार्कीको भूमिका के हुने भन्ने प्रश्न पनि आउँछ । नायिका कार्की भने हुलमुलका चलचित्रमा नै रमाएर बसिरहेकी छिन् । तर, उनको यो शैलीकै कारण दर्शकले उनलाई पत्याउन पनि छाडेका छन् । प्रियंकाबाट दर्शकले सोलो हिटको अपेक्षा कहिलेसम्म गरिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment