Comments Add Comment

लागू औषधसहित एकजना पक्राउ

२ साउन, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट लागूऔषध इन्जेक्सनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका-१९ नगवा ६५ वर्षीय मोहन पटेल लागू औषधसहित पक्राउ परेका हुन् ।

तिघ्रामा बेरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषध डाइजेल्याब ३ सय एम्पुलसहित पटेल पक्राउ परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खड्काले जानकारी दिए ।

पटेललाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीको भन्सार सुरक्षा गुल्मले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment