
२ साउन, काठमाडौं । सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् ।
असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने लक्ष्य छ ।
कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4